
काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
बोर्डकाअनुसार चैतको पहिलो सातादेखि एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो ।
होली पर्व भन्दा अगाडि परीक्षा गर्न नसकिने भएका कारण १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गर्नुपरेको बोर्डले जनाएको छ ।