निस्दीका आठ सय घरधुरीमा राष्ट्रिय प्रसारणको विजुली बल्यो

तानसेन। पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका आठ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । पालिकाको वडा नं. १ र २ तथा ७ नम्बर वडाभित्र केन्द्री प्रसारण विद्युत जडान गरिएको हो ।

यसअघि कुनै पनि विद्युत सेवा नपुगेको ७ नम्बर तथा लघुजलविद्युतबाट साँझ बिहान केही समय उज्यालोमा बस्दै आएका १ र २ नम्बर वडाका नागरिक विद्युत पुगेसंगै खुसी भएको छन् ।

विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुखसहितको टोलीले फ्युज सेन्टरसमेत स्थापना गरिएको छ । विद्युत वितरणका लागि १४ वटा लोड सेन्टर सञ्चालनमा ल्याइएको पाल्पा वितरण केन्द्र प्रमुख दिलिप मरासिनीले जानकारी दिए। हालसम्म बिजुली नपुगेका उक्त पालिका घरहरुमा अहिले स्थानीयले हाउस वायरिङ गरिरहेका छन् भने केहीले बिजुली बल्न थालेका छन् ।

पालिकाभित्र कुल तीन हजार पाँचसय घरधुरी रहेकोमा हालका लागि आठ सय घरधुरीमा सेवा पुर्याउने लक्ष्यअनुसार विद्युत विस्तार जारी रहेको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer