२० औं स्थापना दिवसमा दीप प्रज्वलन

तानसेन। प्रेस सेन्टर नेपाल पाल्पा शाखाले २० औँ स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ। स्थापना दिवसको अवसरमा तानसेनको सितलपाटी दीप प्रज्वलन गरी दिवस मनाएको संस्थाले जनाएको हो।

कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कृष्णसेन लगायतका महान सहिदको त्याग र तपस्याले बनेको संगठनले समाजमा लगेका र पछि परेका समुदायको विषय उठानलाई जोड दिनुपर्ने बताए । उनले पछिल्लो समय पत्रकारितामा देखिएको सतहिपनले गर्दा समाज रुपान्तरण हुन नसक्ने भन्दै सबै सञ्चारकर्मी गम्भीर हुनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे केन्द्रका पाल्पा संयोजक राजेन्द्र विश्वकर्मा, संविधानसभा सदस्य लीला सोमै, तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजाली प्रेस युनियनका केनद्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीको केन्द्रीय सदस्य मिलन विश्वकर्मा, जिल्ला अध्यक्ष कृष्ण कृष्ण कार्की, युनियनका पाल्पा सभापति मन गहिरे, फोनिजका नेता देवबहादुर पचभैंया, समाजवादी प्रेस संगठनका पाल्पा अध्यक्ष पदम गैरेसहितका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रेस सेन्टरका पाल्पा जिल्ला अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता तथा कोषाध्यक्ष कमल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पनन भएको थियो ।

तपाईको प्रतिक्रिया