तानसेन। पाल्पामा एक जना पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्देश्वर, अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मंगरबार बिहान आफ्नै घरमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठकाअनुसार आफ्नै घरमो दलानमा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षकसहितको टोलीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।
मृतकको शवलाई रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।