तानसेन। पाल्पाको मोहनकन्या माध्यमिक विद्यालयका छात्रालाई महिनावारी कप वितरण गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको सहयोगमा विद्यालयका ५० जना छात्रालाई निःशुल्क रुपमा महिनावारी कप वितरण गरिएको हो ।

फाउण्डेशन ह्युमन नेचरको सहयोगमा संघले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमसहित करिब २ लाख रकम बराबरको महिनावारी कप विद्यार्थीको प्रयोगका लागि वितरण गरिएको संस्थाले जनाएको छ ।

महिलाको प्रजनन् अधिकार सुनिश्चित गर्नका लागि जिल्लाको एकमात्र कन्या स्कुलका छात्रालाई कप प्रदान गरिएको हो । एउटा कपलाई पाँच वर्षसम्म निरनतर प्रयोग गर्न सकिने हुँदा अहिले प्रयोगमा रहेको सेनेटरी प्याड भन्दा आर्थिक र वातावरणीय हिसावले निकै राम्रो रहेको बताइएको छ ।

संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले महिनावारी स्वच्छता शिक्षा बारे जानकारी दिदैँ कपको प्रयोग, सरसफाई विधिका विषयमा समेत सहजीकरण गरेका थिए । यसरी निःशुल्क रुपमा कप पाएपछि विद्यालयका छात्राहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया