चौतारीको साधारणसभा सम्पन्न

तानसेन। प्रेस चौतारी नेपाल पाल्पा शाखाको साधारणसभा रामपुरमा समपन्न भएको छ । सधाराणसभाको समुद्घाटन गर्दै संस्थाका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताए।

उनले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता कामले विश्वासको अभाव भएको बताए । उनले हालको महासंघ पत्रकारको हितमा नभएको दावी गरे । कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले संचार क्षेत्रले लोकतन्त्र वहालीका लागि खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताए।

प्रदेश महासचिव निरु गौतमले पत्रकार महासंघले पेशा र व्यवसायलाई सुरक्षा दिने भन्दा पनि आस्थाको आधारले हटाउने गरेको आरोप लगाइन् ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रकारहरुको सदस्य राख्न नसकेको उल्लेख गर्दै सदस्य नभएपनि समाचार लेखनलाई निरन्तरता लाग्न आग्रह गरे।

साधारणसभामा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेश संचार परिषदका अध्यक्ष यम गाहा मिलन प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना,निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ नेपाली कांग्रेस रामपुर नगरसमिति अध्यक्ष नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगायतले चौतारीले संचारक्षेत्रसहित समग्र विकासमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

औपचारिक कार्यक्रमको संचालन सह-सचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय वौडेलले गरेका थिए। समारोहमा बोल्दै संस्थाका अध्यक्ष एंव कार्यक्रमका अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाई व्यवसायिक बनाउन लागि पर्ने बताए।

उनले आगामी दिनमा पत्रकार कल्याणकारी कोष बनाउने, चौतारी बुलेटिन प्रकासन गर्ने, घुम्ती बैठक गर्ने , वैदेशिक अध्यन अवलोकन भ्रमण गर्ने योजना रहेको बताएका थिए ।

यसैबीच महासंघले बनाएको १५ बुँदे शुद्धीकरण मापदण्डका आधारमा पाल्पा जिल्ला र प्रदेश महासंघले सिफारिस गरेको सदस्यता नविकरण गर्न माग गर्ने तथा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश भरका संचार माध्यमलाई व्यवस्थित गर्न  निर्माण गरेको सन्चार परिषदलाई व्यवस्थापन गर्ने र बजेट  बिनियोजन माग गर्नेलगायतका ७ बुँदे घोषणापत्र जारी गर्दैे शाखाको दोस्रो साधारणसभा सम्पन्न गरेको अध्यक्ष कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया