आधुनिकताले मगरको मौलिकतामा चुनौती थप्यो : सभामुख घर्ती

तानसेन। ४२ औं मगर एकता दिवमगरसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले  शुभकामना व्यक्त गरेका छ्न । सभामुख  घर्ती मगरले लुम्बिनी प्रदेशवासी तथा देश– विदेशमा रहेका सम्पूर्ण मगर समुदाय एवं गैर मगर समुदायमा शुभकामना व्यक्त गरेका छ्न  ।

मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै सभामुख घर्तीले भनेका छ्न- “यो दिवसले आदिवासी जनजातिमा सूचिकृत यो समुदाय जनसांख्यीय कोणबाट सबै भन्दा ठूलो समुदाय हो । यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ ।”

सन्देशमा सभामुख घर्तीले जातिको विशेषता मेहनती, इमान्दारी, सोझोपन, देशभक्त, कर्मठ र विश्वासीलो भएको र यो विशेषतालाई कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको उल्लेख गरेका छ्न।

नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन र संरक्षण गर्न अपिल गरेका छ्न।

लुम्विनी प्रदेशसभाले विभिन्न जात–जाति, भाषा–भाषि, धर्म संस्कृति लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माण गरेको र मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्विनी प्रदेश सभा प्रतिवद्ध भई काम गरेको उनले सन्देशमा उल्लेख  गुरेका छन।

“राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने जिम्मेवारी सम्वन्धीत समुदायकै हो । तसर्थ विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । यो दिवसले सबै मगर समुदायलाई एकताको मालामा गांस्न तथा सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र सहिष्णुताको कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पुनः सबै शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा सभामुख घर्ती मगरले उल्लेख गरेका छ्न ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer