
पाल्पा । योङ्ग कम्युनिस्ट लिग पाल्पाले सिद्धबाबा क्षेत्रमा दुर्घटना न्युनिकरण, वाताबरण प्रदूषण र आम नागरिकको स्वास्थ्य अधिकारको सुनिश्चित हुने गरी काम अगाडि बढाउन सुरुङ्गमार्ग निर्माण कम्पनी चाइना स्टेट कन्ट्रङ्गक्सन इन्जिनियरी कर्पोरेशनका पर्सनल रिलेसन महेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकाको तल्लो सिद्धबाबा देखि दोभान बजारसम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । हरेक वर्ष जस्तो पहिरो र गाडी दुर्घटनाले मानवीय क्षति बेहोर्नुपरेको पीडा पाल्पामा रहेपनि उचित किसिमको निकास पाउन सकेको छैन । योङ्ग कम्युनिस्ट लिग पाल्पाका संयोजक कमल श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिक हजारौं संख्यामा सवारी साधन गुड़ने भएको हूदाँ दूर्घटनाको जोखिम रहेकोले न्यूनीकरण सबै पक्षले चासो दिनुपर्ने छ ।
योङ्ग कम्युनिस्ट लिग पाल्पाका जिल्ला इन्चार्ज धनेन्द्र घिमिरेले दोभान बजÞार देखि तल्लो सिद्धबाबा सम्म सड़कमा उड्ने धुलो नियन्त्रण र खाल्डा खुल्डी पुनुपर्ने र दोभान बजार आसपांसमा शौचालय निर्माण गर्नुपर्ने बताउनभुयो । यस क्षेत्रमा सूरुङ्गमार्ग निर्माण भइरहेकोले सवारीसाधन आवगमन रोकिने हुँदा शौचालयको उचित रुपमा व्यवस्थापन गर्नुपर्ने जनाईएको छ ।
दोभान बजार देखि तल्लो सिद्धबाबासम्म सडक सुरक्षा र आयोजना स्थल सुरक्षाको निम्ति सडक बती जडान गर्नुपर्ने, स्थानीयबासीहरुलाई स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार,. स्थानीय बासिन्दालें रोजगारी र व्यापार व्यवसायमा गर्ने अधिकार पाउनुपर्ने लगायतका माग सहित ध्यानार्कषण पत्र बुझाइएको संयोजक श्रेष्ठले बताउनुभयो ।