
तानसेन। मंगलबार बेलुका मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । राति ९ बजेदेखि करिब एक घण्टा मेटाद्धारा संचालित फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम र समस्या देखिएको हो ।
सो समयमा तीन वटै सामाजिक सञ्जालका एकाउन्टहरु लग आउट भएर लगइन हुन नसक्ने समस्या देखा परेको थियो। एक्कासी देखिएको समस्याका कारण नेपालका प्रयोगकर्ताले अन्य सामाजिक सञ्जाल र मोबाइल फोनबाट एकअर्कामा चासो गरेका थिए ।
डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै लोड भइरहेको देखिएको थिएन । जस्ले गर्दा प्रयोगकर्ताहरु चिन्तामा परेका हुन् । तीन वटै एपको मातृ संस्था मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन भने गर्न सकेको छैन् ।
यसैबीच हालका लागि भने एपहरु पुनः सञ्चालनमा आउका छन् ।तर, पूर्ण रुपमा संचालन भने हुन नसकेको प्रयोगकर्ताले बताएका छन् । अहिले पुनः एपहरु खुलेपछि प्रयोगकर्ताले खुसी साट्दै स्टाटसहरु सेयर गर्न थालेका छन् ।
यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।