तानसेन नगरपालिकाले श्रमिक महिला दिवसको अवसरमा कर्मचारीलाई सम्मान

पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा ११४ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका ५१ जना कर्मचारीलाई सम्मान गरिएको छ ।

तानसेन नगरपालिकाका कार्यालय सहयोगी ३२ जना र सरसफाईकर्मी १९ जना गरी कुल ५१ जनालाई ढाकाको पछौरी ओढाएर सम्मन गरिएको उपप्रमुख प्रतिज्ञा सिंजालीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सन्तोषलाल श्रेष्ठले लामो समयमा कार्यालय सहयोगी र सरसफाईकर्मी रुपमा काम गरिरहेका कर्मचारीलाइ भूमिका उल्लेखिय रहेकोले सम्मान गरेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सिंजालीले पहिलो पटक नगरमा क्षेत्र सरसफाई गर्ने सफाईकर्मी र कार्यालय सहयोगलाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसाँसद लिला सोमैले महिला आन्दोलन र आजको इतिहास, लैंगिक हिंसा रोकथाम र कानुनी व्यवस्था, तानसेन नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झविन्द्र गैरेले सरसफाई सम्वन्धी सचेतना, जिल्ला प्रहरी कार्यालयको टीमले लागुऔषत दुरव्यर्सनी सम्वन्ध रोकथाम सम्वन्धी प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रम उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षता र महिला शाखाकी चिना कुमारी न्यौपानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया