रिब्दीकोट गाउँपालिकामा कृषि परियोजना सम्बन्धी अभिमुखीकरण

पाल्पा । ग्रामीण आर्थिक विकास संघ पाल्पाको आयोजना र रिब्दीकोट गाउँपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रिब्दीकोट गाउँपालिकामा कृषि परियोजना अन्तरगत परियोजना व्यवस्थापन तथा समन्वय समितिको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायाण बहादुर कार्कीले २३ करोड बराबरको रकम कृषि उत्पादनबाट आम्दानी भएको बताए। उनले कृषिबाट गाउँपालिकाले फड्को मार्ने र आगामी वर्षहरुमा कृषि र पशुपालनका माध्यमबाट उत्पादकत्वमा वृद्धि गरी नागरिकको जीवीकोपार्जनमा सुधार ल्याउनुपर्ने बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले कृषि परियोजनामार्फत विदेशबाट फर्केका र बेरोजगार रहेका युवालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताए।

कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ, पाल्पाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाको ८ ओटा वडाका महिला तथा युवाहरु गरी एक हजार जनाको आर्थिक, सामाजिक शसक्तिकरण मार्फत कृषि र पशुपालनबाट आम्दानी दोब्बर वृद्धि गरी जीवीकोपार्जनमा सुधार गर्ने उद्देश्यका साथ परियोजना सञ्चालनमा रहने बताए।

कार्यक्रममा हेफर नेपालका कार्यक्रम अधिकृत मदन पौडेल, ग्रामीण आर्थिक विकास संघका परियोजना संयोजक थमनबहादुर कार्कीले परियोजना व्यवस्थापन तथा समन्वय समितिको गठन तथा अभिमुखीकरण र रेडाका व्यवसायिक विकास अधिकृत निर्प परियारले कृषि तथा पशुको मुल्य श्रंङ्गखला नवीतम विकास परियोजना सम्वन्धी प्रस्तुति राखे ।

कार्यक्रममा हेफरका कार्यक्रम अधिकृत डा. लेखनाथ अधिकारी, कृष्ण पाण्डेय परियोजनालाई सफल बनाउन प्राविधिक ज्ञान सीपको व्यापक प्रयोग गर्नुपर्ने बताए। नेपाल कार्यक्रम रिब्दीकोट गाउँपालिका कृषि प्राविधिक रन्जित कुँवरले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया