तानसेन। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताएकी छन् । उनले जनतालाई केन्द्रमा राखेर सरकारी सेवा प्रवाह गर्ने काममा क्रमिक रुपमा सुधार आएको बताइन् ।
शुक्रबार पाल्पाको तानसेस्थित सामुदायिक रेडियो मदनपोखराको पच्चिसौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनिन, ‘प्रचण्ड नेतृत्वको सरकारले माथिल्लो तहमा पुगेका मानिसले जे पनि गर्न सक्छ भन्ने कुरालाई गलत सावित गरेको र गल्ती गर्ने कारबाहीको भागिदार हुनुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।’
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सहकारी तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको उल्लेख गरिन। सरकारले चाले अनुसार काम गर्न नसकेको भएपनि आम नागरिकको जीवनस्तर सुधारका देखि देशमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको बताइन् ।
उनले भनिन्, ”हिजो राजतन्त्रमा सबै ठीक थियो भन्ने र अहिले सबै भ्रष्टाचार भयो भन्ने अहिले भ्रम छर्न खोजिदैँ छ, त्यसलाई के सही हो के होइन भन्ने कुरा सामुदायिक सञ्चारमाध्यम्ले सही सूचना दिएर समाजलाई अगाडि बढाउन भूमिका निर्वाह गर्नुपर्ने छ।”
मन्त्री शर्माले सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गरिन् ।
सञ्चार मन्त्री शर्माले समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यम्को अग्रणी भूमिका रहेको बताएइन । उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम् समग्रतामा केन्द्रित रहने भएपनि स्थानीय सञ्चारमाध्यम्को समाज रुपान्तरणमा बढी भूमिका रहने बताइ्न् ।
समुदायको सचेतनामा स्थानीय सञ्चारमाध्यम्को भूमिका महत्वपूर्ण हुने बताउँदै सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्न सकेकोमा प्रशंसा गरिन् ।
उनले सञ्चारमाध्यम्को सबलीकरण तथा पत्रकारहरूको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको पनि बताइन् । संविधान बनेको लामो समयसम्म पनि आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल पनि देखिएकोले जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको जानकारी मन्त्री शर्माले बताइन् ।
सङ्घीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्ने, विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर सङ्घीय सरकार मातहतका विज्ञापनहरू व्यवस्थित गर्नेमा सरकारले काम अघि बढाएको मन्त्री शर्माले बताइन् ।
यसैबीच मन्त्री शर्माले नेपाल टेलिकलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै टेलिकमको सेवा सुधारका लागि सरकारले काम गरिरहेको जानकारी दिइन् । उनले आफूले मन्त्रालाय सम्हालेपछि पहिलो पटक हाइवे कनेक्टिभिटीको काम अगाडि बढाउने निर्णय गरेअनुसार काम अघि बढेको जानकारी दिइन् ।
उनले सुगम र दुर्गम स्थानमा भएको मोबाइलका फोन नटिप्ने समस्या भएको गुनासोलाई तत्काल समाधान गर्न आवश्यक रहेको उल्लेख गरिन। सरकारी निकायका बीचमा प्रभावकारी समन्वयको अभावमा सरकारी सेवामा अबरोध आएको उल्लेख गर्दै त्यस्तो बेलामा जनप्रतिनिधिसँग छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।
सो बखत नेपाल टेलिकमको सेवा बिस्तार गर्दै सुधार गर्नुपर्नेमा तानसेनमा आयोजित कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् ।