बुटवल। एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ । नयाँ समिकरण बनेपिछ सरकार विस्तारका लागि न्त्रीको नाम टुङ्ग्याएको एमालेले जनाएकाे छ ।

एमाले संसदीय दलका नेता लीला गिरीकाअनुसार एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

आचार्यलाई अर्थ, ढकाललाई शहरी विकास, पन्थीलाई गृह,खत्रीलाई सामाजिक विकास र केसीले बन मन्त्रालयको जिम्मेवारी पाउने बताइएकाे छ तर, अहिलेसम्म टुंगाे भने लागेकाे छैन।

एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ । मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया