
स्याङ्जा। स्याङ्जामा लागू औषधसहित दुई जना पक्राउ परेका छन ।
सुक्रवार स्याङजा सदरमुकाम पुतलीबजार नजिकै सुम्रेखोला सवारीसाधन चेकजाचकाे क्रममा अवैध लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा भिरकोट नगरपालिका वडा नं ३ बस्ने ३२ वर्षीय अनिल क्षेत्री र २२ को वर्षीय शिव दर्जी रहेका छन ।
प्रहरीले उनिहरुको साथबाट नुर्फिन १४ एम्पिल ,फेनरागन १२ एम्पिल, डाईजेपाम १३ एम्पिल गरी जम्मा ३९ एम्पिल बरामत गरिएकाे प्रहरीले जनाएको छ।
उनिहरुलाई थप अनुसन्धान जारी रहेको स्याङजा प्रहरीले जनाएको छ।