समृद्धका लागि दक्ष जनशक्ति आवश्यकः स्वास्थमन्त्री पुन

बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन ‘सिजल’ ले स्वास्थ्यको समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताएका छन् । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीको स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रको विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए।

उनले स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको विकास हुन नसक्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनु आवश्यक रहेको बताए ।

मन्त्री पुनले भने, ‘देशको समृद्धिका लागि स्वास्थ्य क्षेत्रको विकास गरेर स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ। त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आफ्नै ठाउँमा उच्चस्तरसम्म अध्ययन गर्ने बातावरण निर्माण गर्नुपर्छ।’ स्वास्थ्य क्षेत्रको लगानीले स्वदेशमै दक्ष जनशक्ति उत्पादनसँगै बाहिर जाने ठुलो रकम बच्ने उनले बताए ।

सो बखत मन्त्री पुनले आफ्नै ठाउँमा नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रारम्भ गरेको भन्दै प्रतिष्ठानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया