रिब्दीकोटमा देस्रो अध्यक्ष कप भलिबल सम्पन्न

तानसेन। रिब्दीकोट गाउँपालिकामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियिोगिता सम्पन्न भएको छ । वडा नंं ७ को बडाखोर खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ वडा नं. ६ ले उपाधि हात पारेको छ । उसले नगद ३० हजारसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । जम्मा ८ समूह सहभागी रहेको प्रतियोगितामा वडा नं. ७ दोस्रो तथा वडा नं. ८ तेस्रो स्थान हालिस गरेका छन् । दोस्रो र तेस्रो हुने समूहले क्रमशः २० हजार, १० हजार नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फको उपाधि वडा नंं ८ ले जितेको छ। कुल ५ समूह सहभागी रहेको प्रतियोगितामा वडा नं. ६ दोस्रो तथा वडा नं. २ ले तेस्रो स्थान हासिल गरेका छन् । पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छन् । पुरुष र महिलातर्फ ५।५ वडा विधामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाईसमेत नगदसहित मेडल, ट्रफी, प्रमाणपत्रले सम्मान गरिएको रिब्दीकोट गाउँपालिकास्तरीय युवा तथा खेलकुद विकास समितिका संयोजक झपेन्द्र पचभैंयाले जानकारी दिए।

विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले खेलकुदको क्षेत्रबाट पालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष कार्कीले खेलको माध्ययमबाट मुलुक र पालिकाले पनि ठूलो अपेक्षा गरेको सन्दर्भमा खेलाडी उत्पादन र युवालाई हौसला बढाउन अध्यक्षकप जस्ता प्रतियोगिताले मद्दत पुग्ने बताए।

युवालाई शिक्षा, स्वास्थ्यसंगै जोडिएको खेल क्षेत्रको विकासमा पनि गाउँपालिकाले योजना बनाएरखेल मैदान निर्माण, विभिन्न खेलकुदको आयोजना गर्दै आएको र आउँदा वर्षहरुमा पनि यसलाई विस्तार गर्ने प्रतिबद्धता समेत अध्यक्ष कार्कीले व्यक्त गरे।

समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणी खनाल, गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीसहित अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया