तानसेन। पाल्पामा बोलेरो जिप दुर्घटना हुदा १४ जना घाइते भएका छ । बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो ।
निस्दीको मतियारडाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
दुर्घटनाको कारण नखेलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।



