
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले जीनवशैली सुधार गरी निरोगी नागरिक बनाउनका लागि तीन दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । पछिल्लो समय बढ्दो आधुनिककीकरण रखानपानले नसर्ने रागेहरु बढेको भन्दै गाउँपालिकाले स्वास्थ्य शाखा र पालुङ्गमैनादी आयुर्वेद औषधालयको समन्वयमा तीन दिने अभिमुखीकरण गरेको हो ।
स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोगका बारेमा जनप्रतिनिनिधि, स्वास्थ्यकर्मी, पालिकाभित्रका सबै वडाका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र ७२ जना महिला स्वास्थ्य स्वयंसेविको सहभागगितामा अभिमुखीकरण गरेको हो ।
विद्यालय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीमार्फत सबै नागरिकमा स्वस्थ्य रहने उपायबारे जानकारी दिएर खानपानमा सुधार गरी जीवनशैली परिवर्तन गरी दीर्घ जीवन बिताउनका लागि अभिमुखीकरणले टेवा पुग्ने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।
जीवनशैली परिवर्तनले उच्च मनोवल वृद्धि हुने र चित्त शुद्ध बनाउन सकिने भएकोले पनि सानो प्रयासमा धेरै लाभ दिनका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास गाउँपालिकाले लिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए।
अभिमुखीकरणमा डा.रोमहर्ष नेपाल र डा. प्रशान्त बस्नेतले स्वास्थ्य जीवनशैली तथा नसर्ने रोग र भान्सादेखि जीनवशैली सुधारका लागि अपनाउनुपर्ने व्यवहारका बारेमा सहभागीलाई जानकारी दिएका दिए ।
video: