ताेलामा आठार सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको थियो।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer