रैनादेवी छहराका विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले विद्यालय तहको खेलकुद शिक्षकलाई प्रशिक्षण दिएको छ । विद्यालय तहबाटै खेलकुद क्षेत्रलाई सुधार गरी उत्कृष्ट खेलाडी उत्पादन गर्न खेल शिक्षकलाई प्रशिक्षण दिएको हो ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उपाध्यक्षसँग युवा कार्यक्रममार्फत गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयका तहका २८ विद्यालयका खेल शिक्षकहरूको लागि तीन दिने आधारभुत प्रशिक्षण कार्यक्रम गरिएको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले जानकारी दिए।

खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंग भएको खेलको जगका रुपमा विद्यालय खेलकुद भएकाले विद्यालयबाटै अब्बल खेलाडीको छनोट र उचित प्रशिक्षण दिन सहयोग पुगोस भनेर खेल शिक्षकलाई प्रशिक्षण चलाएको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताए।

विद्यालय तहदेखि नै खेल सम्बन्धी प्रशिक्षण गराउने उद्देश्यअनुसार पालिका भित्र रहेका विद्यालयहरूका शिक्षकहरूलाई सहभागी गराएर प्रमुख खेलहरूको नियम, खेलाउने तरिकासंगै एथ्लेटिक्स, भलिबल, कबड्डी खेलहरूका आवश्यक सैद्धान्तिक र व्यवहारिक पक्षहरूमा प्रशिक्षण दिइएको गाउँपालिकाका शिक्षा साखाका राजाराम भाटले जानकारी दिए ।

तीन दिने आधारभुत प्रशिक्षण कार्यक्रममा नुरराज गैरे, नारायण सारु र दिलबहादुर गाहाले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer