टि–२० विश्वकपः नेपालकाे चाैथाे विकेट पनि गुम्याे

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका हुन् ।

कप्तान रोहित पौडेल १५ रन बनाउँदै क्रिजमा छन् । ९.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५२ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया