काठमाडौँ- आइसिसी पुरुष ‘टी-२० विश्वकप क्रिकेट प्रतियोगिता’ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच जारी खेल हेर्न राजधानीको टुँडिखेलमा दर्शककाे भीड लागेकाे छ ।
काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा आज टी-२० विश्वकपक्रिकेट खेलको टुँडिखेलमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको छ । जसमा हजारौँकाे संख्यामा दर्शककाे भीड लागेकाे हाे ।
काठमाडौँमा मात्र होइन खेलकूद मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई नेपालको खेल भएको दिनमा सम्भव भएसम्म खेल हेर्ने व्यवस्था गर्न पत्राचार गरेको छ। साेही अनुसार खेल हेर्नका लागि भीड लागेकाे बताइएकाे छ ।






















