माथागढीमा उत्कृष्ट किसानलाई नगरसहित सम्मान

तानसेन । पाल्पाको माथागढी गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट किसानलाई सम्मान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमबीच पालिका भित्रका आठै वडाबाट प्रत्येक वडाको उत्कृष्ट किसान छनोट गरी एक जनाको दरले आठजना किसानलाई नगरसहित सम्मान प्रदान हो।

पालिकाले कृषि र पशुपालन गर्नेमध्ये उत्कृष्ट किसानलाई नगद पाँच हजारसहित सम्मानपत्रले सम्मान गरेको हो। पालिकाले नीति तथा कार्यक्रम बनाएर कृषि तथा पशु पालनलाई प्राथमिकतामा राखेर अनुदान र प्रोत्सहानको काम समेत गर्दै आएको जनाएको छ ।

सोही अनुसार कृषि पेशालाई मर्यादित र सबैले सम्मान गर्न लायक पेशा गराउनका लागि प्रोत्सहान स्वरुप सम्मान कार्यक्रम गरिएको आउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।

पालिकाका कृषि शाखा प्रमुख गौतम थापाका अनुसार किसानलाइ सम्मान गरी साना किसानलाई व्यवसायी बनाउने उद्देश्य राखिएको छ ।

यसैबीच पालिकाभित्रका कृषि तथा पशु पालन गर्ने गर्ने किसानसहित सरोकारवालाबीच चालु आर्थिक वर्षको कार्यक्रमको समीक्षा तथा आगामी वर्षका लागि बनाउनेकार्यक्रबारे छलफल पनि गरेको जनाएको छ ।

पालिकाले उत्पादनका आधारमा प्रोत्सहान स्वरुप कृषिजन्य उत्पादनमा अनुदानको व्यवस्था, बिउ, प्राविधिक सहयोग र बजारीकरणकसम्मका विषयमा छलफल गरी आगामी वर्षको बजेट बनाउने तयारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया