
तानसेन। तिनाउ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक र सामाजिक विकासलाई जोड दिने भएको छ । गाउँ सभाको १५ औं अधिवेशनमा सभाका सभाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले प्रस्तुत गरेको तीति तथा कार्यक्रममा यस्तो विषयलाई प्राथमिकता दिइएको हो ।
सभाध्यक्ष श्रेष्ठले गाउँसभामा दुई सय ३६ शीर्षकको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्भौै तिक पूर्वाधारले मात्रै विकास पूर्ण नहुने भएकोले आर्थिक तथा सामाजिक विकासका शीर्षकहरुलाई प्राथमिकतामा पारेको बताए।
विगतका वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि फरक तरिकाले बजेटको बाँडफाँड गरिएको बताउदै अध्यक्ष श्रेष्ठले पहिले वडामा बजेट सिलिङ्ग दिने प्रचलन रहेकोमा यसपटक विषयगत समितिबाट योजनाका लागि बजेट बाँडफाँड गरिने बताए । उनले योजना शक्ति र पहुँचका आधारमा नभएर विषयगत समितिले तोकेको प्राथमिकता र आवश्यकताका आधारमा बजेटको बाडँफाँड गर्ने गरी नीति तथा कार्याक्रम ल्याइएको बताए ।
आगामी आर्थिक वर्षमा कुल बजेटबाट सामाजिक विकासतर्फ २० प्रतिशत, पूर्वाधारतर्फ ३० प्रतिशत आर्थिक विकासतर्फ २५ प्रतिशत, वन वातारण तथा विपद् व्यवस्थापनमा १० प्रतिशत, संस्थागत विकास र सुशासनमा ५ प्रतिशत बजेट विनियोजन हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । टुक्रे योजना बाडेर मात्रै विकास नहुने हुँदा कम्तिमा पाँच लाख भन्दा माथिको योजना बनाई कार्यान्वयनमा लगिने अध्यक्ष श्रेष्ठले बताए।
१५ औ गाउँ सभामा सहभागी सभाका सदस्यहरुले वडागत रुपमा ल्याइने बजेटबाट सबै पाँच लाखभन्दा माथिको हुन नहुनेतर्क राखेका थिए । सो विषयमा अध्यक्ष श्रेष्ठले वडामा मर्मत सम्भार कोषबाट अधुरा कामहरुलाई सम्पन्न गर्ने र टुक्रे योजनाका लागि बजेट नराख्ने तयारी गरिएको बताए । पहिले विकास भनेको पूर्वाधार मात्रै हो भन्ने अवस्थामा रहेको भएपनि त्यो पछिल्लो समय गलत भएकोले युवा स्वरोजगार, सामाजिक र आर्थिक विकास लागि योजना बनाएर अघि बढ्ने लक्ष्य गाउँपालिकाकले लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । जसका लागि सीपमूलक तालिम र व्यवसाय गर्नेलाई प्रोत्सहानका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको उहाँले जानकारी दिए।
यस्तै गाउँपालिकाले गौरवको योजना बनाउँदा एक वडा एक करोड बजेट भित्रको परिधीमा रहेर काम गर्ने योजनामा छ । जसमा कम्तिमा एउटा योजना ७० लाख र अर्को योजना ३० लाखसम्मको वडामा योजनाका लागि बजेट विनियोजन गर्ने गरी काम गरिएको उनले बताउनुभयोउनले बताए ।
यस्तै राजस्व वृद्धि गर्नका लागि खानीजन्य पदार्थको व्यवस्थापन र निकासी, विपद् व्यवस्थापन र सुशासन, गुणस्तरीय शिक्षाका कायमका लागि आवश्यक कार्य गर्न गाउँपालिकाले विशेष ध्यान दिएर नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जानकारी दिए।