तानसेनमा हाइमास्ट लाइट जडान

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा पर्यटक आर्कषण गर्नका लागि हाइमास्ट लाइट जडान गरिएको छ । तानसेन नगरपालिका वडा नं. ४ को हुलाक चोकमा पर्यटक पर्वधनसंगै जिल्ला प्रशासन कार्यालय क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर लाइट जडान गरेको वडाध्यक्ष हेमन्त शाक्यले जानकारी दिए।

लाइट जडान गर्दै तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरको मुख्य भाग र धेरै कार्यालय तथा बैंकहरू रहेको क्षेत्रमा लाइट जडान गरिएको बताए। नगर प्रमुख श्रेष्ठले तानसेनलाई साँस्कृतिक नगर भएकोले यहाँका सम्पदा संरक्षणमा नगर सरकार लागि परेको उल्लेख गरे।

पाल्पा दरबार परिसरको विकास र पर्यटकको सहजताका लागि लाइट व्यवस्थापनले सहज हुने अपेक्षा नगर सरकारले लिएको जनाएको छ ।

वडा गौरव योजना अन्तर्गत लाइट १० लाखको लागतमा लाइट जडान गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया