पाल्पाका दुई विद्यार्थीले ल्याए चार जिपिए

तानसेन।  बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाल्पाका दुई जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । तानसेनको जनता माविका उत्सव ढुङ्गाना र रामपुरको दरैठाटी माविका पूर्णिमा कुवरले ४ जिपिए ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार दुवै विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई दिएका थिए ।

गत २०८० चैत महिनामा भएको परीक्षामा पाल्पाबाट चार हजार १८२ जना सहभागी भएका थिए । तीमध्ये एक हजार ११७ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए।

उत्तीर्ण भएकामध्ये १०५ जना विद्यार्थी ३.६ जिपिएदेखि चार जिपिए ल्याएका छन् । यस्तै २८२ जना विद्यार्थीले ३.२ जिपिएदेखि ३.६ जिपिए, ४३७ जनाले २.८ जिपिएदेखि ३.२ जिपिए, २८१ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेका छन् ।

जिल्लाका कुल चार हजार १८२ जनाले एसइइ परीक्षा दिएकामा दुई हजार ६१० जना ननग्रेड भएका इकाइ प्रमुख सुवेदीले बताए। पाल्पाबाट कुल परीक्षार्थीमध्ये २७ प्रतिशत बढी उत्तीर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया