पत्रकार महासंघ पाल्पाकाे प्रवाह बुलेटिन सार्वजनिक

तानसेन। नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन सार्वजनिक गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम रानालगायतले बुलेटिन सार्वजनिक गरेका हुन् ।

बुलेटिन सार्वजनिक गर्दै  जिल्ला समन्वय समितिका प्रमुख खनालले  पत्रकार महासंघ पाल्पाले समय –समयमा रचनात्मक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । उनले  सामाजिक विषयवस्तुमा खवरदारी, निगरानी गर्दै  प्रवाह बुलेटिनको माध्यमबाट  महासंघ तथा पत्रकारहरुका गतिविधिहरु, आमनागरिकहरुको अवस्था, पत्रकारहरु जनताको नजरमा जस्ता कुराहरु थाहा पाउन सजिलो भएको बताए ।

बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकार समाजको ऐना भएकाले सत्य तथ्य, वस्तुनिष्ठ भएर काम गर्नु पर्नेमा जोड दिए । २०५४ सालदेखि प्रकाशित हुँदै आएको बुलेटिनलाई वर्तमान समितिले पनि निरन्तरता दिदै पत्रकारिताको अवस्था उजागर गरेको बताए । उनले अहिले पत्रकारिता जनताका समस्याप्रति भन्दा आफुखुसी पत्रकारिता मौलाउँदो रहेकामा बरिष्ठ पत्रकार शर्माले चिन्ता व्यक्त गरे ।

पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले बुलेटिनमा पत्रकारहरुको वर्तमान अवस्था, जनप्रतिनिधि र कर्मचारीहरुको नजरमा पत्रकार, विषयमा केन्द्रीत रहेको बताए ।

कार्यक्रममा पत्रकारहरु मिलन विक, कृष्ण कार्की , मुक्ति न्यौपाने, भरत शर्मा कृष्ण पोखरेल लगायतले प्रवाह बुलेटिनको बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया