बगनासकालीमा गाउँसभा बहिष्कार

तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले १६ औं गाउँसभाको अन्तिम बैठक बहिष्कार गरेका छन् । कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभाको बहिष्कार गरेका हुन् ।

अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको उनीहरुको आरोप छ । संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप उनीहरुले लगाएका छन् ।

जनप्रतिनिधिलाई उपेक्षित गरी पाटींगत रुपमा योजना छनोट गर्ने गरी बजेट व्यवस्था गरेको, सरकार जन उत्तरदायी हुने भन्दा विलाशितातर्फ उन्मूख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक तरिकाले नदिइएको उनीहरुको आरोप छ । सरकार दलगत स्वार्थ र कार्यकर्ताउन्मूख भएको, लेखा संयोजकले मागेका विविध शीर्षकमा गरिएको खर्चको विवरण उपलब्ध गराउँदा छलछाम गरिएको आरोप उनीहरुले सभामा दर्ता गरेको विरोधपत्रमा उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०८१।८२ को बजेटमा असन्तुष्ट जनाएका कांग्रेसका १६ र माओवादीका एक जना छन् । नौ वडा रहेको बगनासकालीमा ५२ सदस्यीय गाउँसभा छ । विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शुन्य समयमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थानेश्वर तिमिल्सेनाले आफ्ना कुरा राख्दा प्रवक्ता टिका थापाले बोल्न रोकेपछि सभा बहिष्कार गरेको उनीहरुले बताए ।

कार्यपालिकामा छलफल नगरी रातारात १ करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको मुख्य विषय भएको वडाध्यक्ष तिमिल्सेनाले बताए ।

लेखा समितिका संयोजक कृष्ण प्रसाद बस्यालले लेखा समितिले हिसाब माग गर्दा समेत नदिइ अपादर्शी ढंगले काम गरेको बताए । माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य कृष्ण भूषालले आफूखुसी गाउँसभा सञ्चालन गरेकाले बहिष्कार गर्नु परेको बताए ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले चित्त नबुझेमा संशोधन हाल्न सकिने व्यवस्था हुँदाहुँदै उठेर हिडेको बताइन् । उनले छलफलका लागि समय दिने भन्दाभन्दै उठेर हिडेको बताइन् ।

प्रस्ताव गरेको मात्र थियौं, पास भइसकेको थिएन । छलफल गर्न सकिन्थ्यो ।’ आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्न अन्तिम सभा राखेको उनले बताइन् । May be an image of ticket stub and text

तपाईको प्रतिक्रिया