तानसेन। यातायात व्यवस्था सेवा कर्यालय पाल्पाले सेवा विस्तार गरेसंगै राजस्व संकलनमा वृद्धि भएको छ । कार्यालयले लिखित र प्रयोगात्मक परीक्षा संचालन तथा सवारी साधान नविकरण, जाँचपास र रुट नविकरणबाट राजस्व संकलन बढाएको हो।
पहाडी जिल्लामा रहेको कार्यालयले पाल्पासंगै छिमेकी जिल्लाहरु गुल्मी, स्याङ्जा, रूपन्देहीसहित देशैभरबाट सेवा लिन आउने हँदा राजस्व संकलनमा वृद्धि भएको कार्यालयलका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
कार्यालयले चालु आर्थिक वर्षको असारको पहिलो सातासम्ममा १७ करोड ११ लाख ३९ हजार ६७५ रुपैया राजस्व संकलन गरेको जनाएको छ । सोही अवधिमा आयकरतर्फ ५३ लाख ५१ हजार ६६९ रुपैया राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । गत आर्थिक वर्ष ०८९।८० मा जम्मा १४ करोड ३४ लाखबढी राजस्व र ४७ लाख ५४ लाख बराबरको आयकरबाट राजस्व उठाएको कार्यालयले चालु आर्थिक वर्षमा सेवाग्राही बढेसंगै राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्षमा ३३ हजार बढी सेवाग्राहीले सेवा लिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा लिखित परीक्षा दिएका पाँच हजार ५९३ जनामध्ये चार हजार ३७७ जनाले पास गरेको र ट्रायल दिएका छ हजार ८६६ जनामध्ये दुई हजार ६१७ जनाले पास गरेको कार्यालयले जनाएको छ ।
यस्तै वर्ग थप गर्ने तथा पुनः प्रयोगात्मक परीक्षा दिएका दुई हजार ४८९ जना रहेको कार्यालयले जनाएको छ ।