लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

पाल्पा। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पछिल्लो समीकरणपछि एमालेको तर्फबाट सरकार बन्ने भएपछि आचार्य मुख्यमन्त्री भएका हुन् । उता आइतबारसम्म एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दावी गर्ने बताइएको थियो ।

तर, पुरानो सहमति अनुसार आचार्यलाई मुख्यमन्त्री बनाइएको एमालेले जनाएको छ । आचार्यले नेपाली कांग्रेसको समर्थनमा ५६ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

तपाईको प्रतिक्रिया