लुम्बिनीमा एमालेबाट पाल्पाका सारुसहित चार मन्त्रीको नाम टुंगियो

तानसेन।  हालै बनेको नयाँ समीकरणअनुसार लुम्बिनी प्रदेश सरकारमा एमालेको तर्फबाट चार जना मन्त्रीको नाम टुंगो लागेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिदा एमालेको तर्फबाट पाल्पाका खेम बहादुर सारु मगरसहित भूमिश्वर ढकाल, दिनेश पन्थी र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिने तयारी भएको नेकपा एमालले जनाएको छ ।

सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । उता नेपाली काँग्रेसले भने मन्त्रीको नाम टुंगाउन सकेको छैन। मन्त्रीकाे नाम टुंगाे लगाउन छलपफ जारी रहेकाे नेपाली काग्रेँसले जनाएकाे छ।

तस्वीर अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया