स्वाः अनुजा शाही स्मृति कोष स्थापना

तानसेन।  तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख अशोककुमार शाहीको परिवारले आफ्नी स्वर्गीय सुपुत्री अनुजा शाहीको नाममा दश लाख रकमको स्मृति कोष स्थापना गरेका छन् । अनुजाका असल कर्मलाई चिरस्थायी गराउने मनसायले कोषको स्थापना गरिएको शाही परिवारले जनाएको छ । स्वर्गीय छोरी अनुजाको जन्मदिन पारेर कोषको घोषणा गरिएको पूर्व नगर प्रमुख शाहीले बताए। यो कोषबाट सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार छोरीहरुलाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको अनुजाका पिता अशोकुकार शाहीले बताए । कोषमा सञ्चालन कार्यविधि तयार गरेर कार्यान्वय गरिने तथा सकेसम्म प्रत्येक वर्ष कोषलाई वृद्धि गर्दै जाने पनि उनले जानकारी दिए ।
कोषको घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सन्तानको मायालाई जीवन्त राख्न गरिएको असल कर्म प्रशंसा गरे। उनले कोषलाई व्यवस्थित गर्दे धेरैभन्दा धेरै असल छोरीहरुलाई अध्ययन गर्ने वातावरण निर्माण गर्न आग्रह गरे।
पूर्व सांसद यादवबहादुर रायमाझीले सन्तान गुमाउनुको पीडा सबैभन्दा ठूलो हुने बताउदै कोषबाट हुने सहयोगले अनुजा जस्ता धेरै छोरीहरुलाई सहयोग पुग्ने विश्वस व्यक्त गरे ।प्रध्यापक डा.टंक पन्तले जन्म संयोग भएपनि मृत्यु सत्य रहेको बताउदै शाही परिवारले कोष स्थापनबाट थालेको सुकर्मको सुरुवातले छोरी समुदायमा जीवन्त रहने बताए।
नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै छोरीको स्मृतिमा सामाजिक कार्य गर्ने सोच लिएकोमा शाही परिवारलाई धन्यवाद ज्ञापन गरे ।
२०५० भदौ २२ गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर २ मा जन्मिएकी अनुजा शाहीको अमेरिकाको भर्जिनियाको इनोभा अस्पतालमा उपचारका कममा २०८० फागुन १८ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer