पाल्पा वितरण केन्द्र लुम्बिनीमा उत्कृष्ट

तानसेन। नेपाल विद्युत प्राधिकरण पाल्पा वितारण केन्द्र लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्यालय बनेको छ । लुम्बिनी प्रादेशिक कार्यालय अन्तरगत चुहावट नियन्त्रण तथा आय संकलनमा पाल्पा वितरण केन्द्र उत्कृष्ट कार्यालय भएको हो ।

गत आर्थिक वर्ष २०८०।८१ मा तोकिएको लक्ष्य हासिल गर्न सफल भएकोमा प्रदेशको उत्कृष्ट कार्यालय बन्न सफल भएकोमा प्राधिकरणको ३९ औं वार्षिकोत्सवका अवसरमा प्रशंसा-पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट भएसंगै केन्द्रका प्रमुख दिलिप मरासिनीले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि लक्ष्य प्राप्तीका लागि आफूहरु क्रियाशील रहने जनाएका छन् ।

केन्द्र उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएपछि पाल्पाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया