बुटवल। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदहरूले मत दिएका हुन्।
नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले, कांग्रेस र पाँच वटा अरू दलहरूका सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत दिएका हुन्।
मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नाउपाका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपालका १ र स्वत्नत्र १ गरी ७० जना सांसदले मत दिएका हुन्।
८७ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतसम्बन्धी प्रस्तावको विपक्षमा माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी) का १ गरी ११ जना उभिएका छन्।
राप्रपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी चार जना सांसद तटस्थ बसेका थिए।

