तानसेन। सुख्खा पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले अवरुद्ध बनेको थियो । हालका लागि ढुङ्गा पन्छाएर एकतर्फी रूपमा सवारी पास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोभान प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार नविन भण्डारीले बताए ।
दुई तर्फी रुपमा सडक सुचारु गर्न जेसिबी डोजर प्रयोग भइरहेकाले रातिसम्म सडक पूर्ण रुपमा सुचारु गर्ने गरि काम भइरहेको उनले बताए ।
शनिबार दिउँसो ढुंगासहित खसेको ठूलो सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।



