विद्यालय भवन बनाउन तीन लाख सहयोग

तानसेन। जापानी समाजसेवी काजुमासा काकीमि ओके बाजेले तानसेन नगरपालिका वडा नं. १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयलाई निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । उनले विद्यालयको भवन निर्माण गर्नको लागि नगद तीन लाख रुपैया प्रदान गरेका हुन् ।

सो अवसरमा विधार्थीहरुलाई शैक्षिक खेलकुदका सामग्री समेत प्रदान गरे। ओकेबाजेले विद्यार्थीहरुले तयार पारेको भित्ते पत्रिकाको तेश्रो अंकको विमोचन पनि गरेको थिए।

समाजसेवी बाजेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाललाई सहयोग बापतको रकमको चेक हस्तान्तरण गर्दै पाल्पाका विभिन्न विद्यालयहरुलाई सहयोग गरेको उल्लेख गरे । उनले आउदा दिनहरुमा पनि सहयोग गर्न आफू तयार रहेको बताए। अध्यक्ष नेपालले ओके बाजेको सहयोगले विद्यालयको भवन निर्माण गर्न सहयोग पुग्ने बताउदै समयमै भवन निर्माण गर्ने प्रतिबद्धता जनाए।

वडा नं. १२ का वडा अध्यक्ष मेजर सि केसीले विद्यालय निर्माणका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमारी थापाले ओके बाजेले यस अगाडि पनि विद्यालयलाई सहयोग गरेको चर्चा गर्दै अहिले पनि भवन निर्माण गर्नको लागि सहयोग गरेकोमा धन्यवाद दिइन् ।

सहायेग प्राप्त भएको अवसरमा समाजसेवी झमानसि दर्लामी, मानबहादुर राना, भिमबहादुर रास्कोटी, शिव नेपाल, गोपाल सि आले, मान कुमारी रानालगायतकाले धन्यवाद मन्तव्य राखेका थिए ।

यसैबीच विद्यालय भवन निर्माण गर्नको लागि मानबहादुर रानाको अध्यक्षतामा समिति गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया