आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। मनसुनको न्यून चापीय रेखा नेपालमै रहेका कारण हालसम्म देशका विभिन्न स्थानको मौसममा बदली आएको छ । आइतबार दिनभर पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा बिहानैदेखि वर्षा भइरहेको छ । यस्तै आइतबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महमशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया