स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा ।  पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर रहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाइते चालक खरुलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया