तानसेन।
नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको नयाँ अंक सार्वजनिक भएको छ। नेतृत्व मिडिया प्रा.लि.द्धारा प्रकाशित त्रैमासिक पत्रिकाको वर्ष २७, अंक २, पूर्णाङक ८ रानीमहल विशेष अंकका रुपमा प्रकाशित पत्रिकाको सार्वजनिक भएको हो। रानीमहल परिसरमा नयाँ अंकको सार्वजनिक गर्दै लेखक र सर्जकहरुलाई सम्मान समेत गरिएको छ ।
नयाँ अंक सार्वजनिक गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रकारिता क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए। उनले पछिल्लो समय आर्थिक संकटसंगै पत्रकारिता क्षेत्रले पनि समस्या खेप्नु परेको कठिन परिस्थितिलाई बुझेर अघि बढ्नु पर्नेमा जोड दिए। प्रविधिको विकाससंगै खोज पत्रकारिता हराउदै गएकोमा खाज पत्रकारितामार्फत सत्य र तथ्य बाहिर ल्याउनु उनले बताए ।
समीक्षक टंकप्रसाद पन्थले पत्रिका प्रकाशनमा देखिएका चुनौतीहरुका बिच नियमित प्रकाशनमा रहेको नेतृत्व त्रैमासिक संग्रहयोग्य रहेको बताए। उनले नेतृत्वको नयाँ अंकमा समेटिएका विषयवस्तु बारे जानकारी गराउर्दै पत्रिका पठनयोग्य बनाउन प्रकाशकले ठुलो मेहनत गरेको उललेख गरे ।
कार्यक्रममा प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष राम प्रसाद अर्याल, लेखक राम प्रसाद ढकाल, चक्रपाणि गौतम, अनिपाल कार्की सुप्रीम (देउडा गजलकार), नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना नेपाल, प्रेस युनियन केन्द्रीय उपसभापति माधवप्रसाद अर्याल, सर्जक महेन्द्र पन्थी, व्यंग्यकार फणीन्द्र बस्याल, तानसेन नगरपालिका सूचना अधिकारी भरतप्रसाद आचार्यलगायतले नेतृत्वले बस्तुनिस्ठ, तथ्यपरक र प्रेरणाप्रद समावेशी सामग्रीसहित निरन्तरता पाउनुपर्ने शुभकामना व्यक्त गरेका थिए ।
नयाँ अंक सार्वजनिक कार्यक्रमका अवसरमा लेखकत्रय चक्रपाणि गौतम, राम प्रसाद ढकाल र भरत आचार्यलाई सम्मान समेत गरिएको थियो ।
पत्रिकाका प्रकाश तथा सम्पादक गोविन्द भट्टराईले पत्रिकाको साउन असोज अंकमा रानीमहलको विषय उठान गरिएको बताए। उनले एतिहासिक तथा पर्यटकीय गन्तव्य रानीमहलको प्रचारप्रसार एवम् प्रवद्र्धनमा सघाउने मनसायले रानीमहलम परिसरमै आयोजना गरिएको बताए।
कार्यक्रम पत्रिकाका स्तम्भकार तथा सर्जक सीता गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।