तीन वर्षे रणनीति बनाउन चेम्बर लुम्बिनीको टिम पाल्पामा

तानसेन । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबारबाट शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछि आगामी तीन वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।

कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेनसहित सिङ्गो पाल्पाको पर्यटन र व्यवसायीक प्रबर्द्धनका लागि सहयोग गर्न आव्हान गरे। स्वास्थ्य, शिक्षा र व्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदा हुँदै पनि पछाडी परेकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले पर्यटनका दृष्टिले तानसेनमा अपार सम्भावना रहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा लगानी गर्न आब्हान गरे।

बुटवल – पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पूर्वाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औल्याए।

चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी तीन वर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय, राष्ट्रिय, प्रादेशिक,जिल्ला र पालिका स्तरीय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताए। उनले अघिल्लो कार्यकालमा चेम्बरलाई विस्तार गर्ने काम भएको जनाउदै अबको तीन वर्ष उद्योगी व्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गर्ने बताए।

चेम्बरले तीनै तहका सरकारहरुसङ्ग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवश्यकता रहेको पनि उनले बताए । कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यवसायीक हकहितका लागि चेम्बरले कुनै कसर बाकी नराख्ने बताए। परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिविधि गर्ने उनले बताए ।

कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी तीन वर्षेमा गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गरेका थिए ।

चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिति र विभिन्न जिल्ला र नगरकार्यसमितिका अध्यक्षहरु उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरुले गर्ने कार्यक्रमको रणनीति बनाएने जनाएको छ ।

सो अवसरमा चेम्बर लुम्बिनीका महासचिव शिव ज्ञवाली,उपाध्याय जे.पी कडेलेलगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया