पाल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पाल्पाले तानसेनको शीतलपाटीमा संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा सेल्फी विर्थ नेसनल फल्याग सम्पन्न गरेको छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले २०७२ सालमा जारी भएको संविधानमा संघीयता, गणतन्त्र, समावेशी सहितको मुद्धा स्थापित गराउन नेकपा माओवादी केन्द्र सफल भएको बताए ।
नेकपा माओवादीको १० वर्षे जनयुद्धको एजेण्डाका आधारमा जनताको संविधान जारी भएको अध्यक्ष विश्वकर्माले बताए । विश्वकर्माले माओवादी केन्द्रको ४६ बुँदामा असहमति रहेको पनि यो संविधान हालसम्म प्रगतिशिल रहेको बताए ।
यो संविधानप्रति चौतर्फी रुपमा धावा बोलिरहेको अवस्था छ, यस्तो अवस्थामा संविधानको रक्षा गर्ने दायित्व पनि माओवादीको रहेको बताए । हाल दुई दलिय गठवन्धकोले संविधान र नेपाली जनतामाथि षडयन्त्र गरिरहेको अवस्था हो, त्यसका विरुद्ध माओवादी लड्ने बबताए ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पाल्पाका कार्यवाहक अध्यक्ष विज्ञान दुधराजले संविधानमा व्यवस्था गरिएको जनताको आधारभूत आवश्यकता पुरा गर्ने सवालमा सरकार जिम्मेवार हुन नसकेको आरोप लगाए । जनताका आधारभूत आवश्यकता सरकारले पुरा गर्न नसकेको अवस्थामा नागरिकहरुले त्यसका विरुद्ध विद्रोह गर्ने चेतावानी दिए ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पाल्पाका उपाध्यक्ष मिलन घर्ती मगरले देशमा संविधान बनेपनि नागरिकका समस्या हल गर्न नसकेको आरोप लगाए । संविधान जारी भएयता सीमित व्यक्तिहरुले मात्र राज्यबाट लाभ लिएको र नागरिकका समस्याका समाधानमा सरकार गम्भीर बन्न नसकेको आरोप घर्तीको छ ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पाल्पाका कार्यवाहक अध्यक्ष विज्ञान दुधराजको अध्यक्षता र उपाध्यक्ष मिलन घर्तीको स्वागत मन्तव्य र सचिव भिम लुंगेलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्रान्तिकारीका विद्यार्थीहरु संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डामुनि सेल्फीमा रमाइरहेका थिए ।



