रिब्दीकोट गाउँपालिकाभित्रका युवालाई स्वरोजगार बनाउन कुक, ड्राइभिङ, हाउस वायरिङ् तथा प्लम्विङ तालिमको अफर
पाल्पा । रिब्दीकोट गाउँपालिकाले बेरोजगार युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने उद्देश्यका साथ व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले विपन्न वर्ग लक्षित कुक तालिम १६ जना, दलित तथा जनजाति लक्षित ड्राइभिङ तालिममा १६, युवा लक्षित हाउस वायरिङ् तथा प्लम्विङ १६ जना गरी ४८ जनालाई व्यावसायिक तालिम प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक रुपमा कमजोर समुदायका युवाहरुलाई तालिम मार्फत स्वरोजगार तथा रोजगारीका अवसरहरु सिर्जना गरी आयआर्जनमा लगाउन तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिकाले सीपको अभावमा बेरोजगार रहेका युवालाई व्यावसायिक तालिममार्फत दक्ष कामदार उत्पादन गरी आयआर्जन मा जोड्न यो तालिम केन्द्रीत हुने विश्वास गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
विपन्न वर्ग लक्षित कुक तालिम, युवा लक्षित हाउस वायरिङ् तथा प्लम्विङ एक एक महिना र दलित तथा जनजाति लक्षित ड्राइभिङ तालिम १५ सम्म सञ्चालन हुने रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताउनुभयो ।
तालिममा कुनै पनि सरकारी/निजी क्षेत्रका सेवाका कर्मचारीले निवेदन दिन नपाउने  भएका हुन । समानुपातिक समावेशी प्रतिनिधित्व प्रणालीका आधारमा सहभागिताको छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।
प्रत्येक वडाबाट प्रत्येक तालिममा २/२ जनाका दरले तालिममा सहभागिता हुने छन् । रिब्दीकोट गाउँपालिकाले आ.व ०८१/८२ का स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालित तालिममा गाउपालिकाभित्रका १८ देखि ४० वर्षसम्म नागरिकले सहभागित हुन आवेदन दिन सक्नेछन् । रिब्दीकोट गाउँपालिकाभित्र नागरिकले आफ्नो वडा कार्यालय मार्फत आवेदन दिने व्यवस्था गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको