छहरामा फोहोर व्यवस्थापन गर्न डस्टवीन वितरण

तानसेन। पश्चिम पाल्पाको विकासोन्मुख शहर छहरामा फोहोर व्यवस्थापनका लागि डस्टवीन वितरण गरिएको छ । रैनादेवी छहरा ४ छहरा वडा कार्यालयले छहरा बजारको फोहोर व्यवस्थापनका लागि एक सय ८४ थान डस्टवीन वितरण गरिएको हो ।

वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत छहरा बजारमा होटल व्यवसायी, किराना, कस्मेटिक, सुनचाँदी पसललगायतका व्यपारीले निकालेको फोहोर व्यवस्थापनका लागि डस्टवीन वितरण गरिएको वडा अध्यक्ष गोवीन्द रायमाझीले जानकारी दिए।

संघीयतापछि बढ्दो क्रममा रहेको छहरा क्षेत्रलाई सफा र सुन्दर बनाउन टेवा पुगोस् भनेर स्थानीय व्यापारीलाई फोहोर व्यवस्थापनका लागि वितरण गरिएको डस्वीनले सफा शहर र वातारण पनि स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको वडाध्यक्ष रायमाझीले बताए।

डस्टवीन खरिदका लागि एक लाख ६५ हजार लगानी रैनादेवी छहरा गाउँपालिकाले गरेको वडा सचिव बिशाल पौडेलले जानकारी दिए ।

वडाबाट प्राप्त डस्टवीनको प्रयोगबाट फोहोर व्यवस्थामा सहयोग पुग्ने हुँदा सफा शहर बनाउन आफूहरुले पहल गर्ने स्थानीयले व्यापारीहरुले बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको