पर्वका बेला कालो बजारी गर्ने पोके व्यापारी पक्राउ

तानसेन।  पाल्पामा चाडपर्वका बेला अवैध रुपमा खाद्य र कस्मेटिक सामग्री विक्री वितरण गर्दै हिडेका व्यापारी पक्राउ परेका छन् । भारतको विभिन्न स्थानबाट अवैध रुपमा चोरी निकासी गरी ग्रामीण भेगमा नागरिकलाई झक्काएर सामग्री विक्री गर्दै गर्दा पाल्पाको रिब्दीकोट गाउँपालिकाले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

दर्ता नभएको, कर छली गरी बिलविजक नै जारी नगरेका सामग्रीसहित मोटरसाइकलमा सामग्री बेच्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको गाउँपालिकाले जनाएको छ । लु १२ प ४२८२ को मोटरसाएइकलमा मिठाई, किराना र कस्मेटिक सामग्री राखेर बेच्दै हिडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले जानकारी दिए।

गैरकानुनी ढंगले म्याद गुज्रेका र अखाद्य सामग्री विक्री गरी आम उपभोक्ता ढग्ने घटनाहरु बढेको हुँदा गाउँपालिकाले यसको निगरानी गरी अनुगमनर गैर कानूनी ढंगबाट हुने व्यापार व्यवसाय राक्नका लागि प्रयास गर्दै आएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्काीले बताए।

यसैबीच बरामद गरिएको सामग्री जफत गरी जरिवाना काटिएको छ । कार्यपालिकाको निर्णयअनुसार आगामी दिनमा यस्तो गल्ती दोहोराएमा कानून अनुसार थप कारबाही गर्ने चेतावनी दिएको गाउँपालिकाले दिएको छ ।

पर्व नजिकिएसंगै जिल्लाका अन्य स्थानमा पनि अवैध रुपमा मालसामान बेच्ने र नागरिकलाई प्रलोभनमा पारेर ठगी गर्ने घटना बढेपछि स्थानीय प्रशासन र सारेकारवाला निकायले अनुगमन र कारबाहीको कामहरु समेत थालेको छन् ।

तर, पर्वमा मात्रै गरिने यस प्रकारका कार्यले आम उपभोक्ता ढगिने क्रम भने रोकिएको छन् । जसका लागि बाह्रै महिना अनुगमन तथा मापदण्ड विपरित कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने पाल्पाली उपभोक्ताले आवाज उठाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया