दशैँ पूर्णिमाको अवसरमा भोलि मुझुङ्ग कालिका सराय नाच तथा वृहत साँस्कृतिक कार्यक्रम हुने

पाल्पा । रैनादेवी छहरा गाउँपालिका ५, मुझुङ्गको कटौजेपानीमा दशैँ पूर्णिमाको अवसरमा भोलि मुझुङ्ग कालिका सराय नाच तथा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

कालिका मन्दिरमा पञ्चवली चढाएपछि मन्दिरबाट सराय नाच निकाल्ने चलन अनुसार भोलि सराय निकाल्निेछ । मन्दिरलाई तीन पटक परिक्रममा गरी कालिका मन्दिरबाट कटौजेपानीमा सराय सेलाउने कार्यक्रम रहेको छ ।

सराय मेलाको अवसरमा कालिका युवा क्लबद्धारा आयोजित विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । स्थानीय तथा राष्टिय स्तरका कलाहरुले साँस्कृतिक कार्यक्रममा बेझोड प्रस्तुति रहेका आयोजकले जनाएको छ ।

सराय मेलाको अवसरमा स्थानीय उत्पादनहरुको कारोबार हुने छ । मुझुङ्ग कालिका सराय नाच अवलोकन गर्नका लागि पाल्पा, रुपन्देही, अर्घाखाँची, गुल्मी र कपिलबस्तु लगायतका क्षेत्रबाट मानिसहरु आउने चलन छ ।

तपाईको प्रतिक्रिया