सरायँ जोगाउन : सरायँ खेलेर शहर प्रवेश

पाल्पा । नयाँ पुस्तामा सरायँ नाच्ने सीप हस्तान्तरण नहुँदा सरायँ नाच संकटमा परेको छ । तर, पाल्पा रैनादेबी छहरा गाउँपालिका-५ मुझुङ्गको सरायँ नाच संरक्षणमा युवा पुस्ता लागिपरेका छन् ।

लोप हुने अवस्थामा पुगिसकेको सरायँ नाच स्थानीय युवाहरुको सक्रियतामा संरक्षण भएको हो । दशैँमा घर फर्केका युवाहरु पूर्णिमा मेलासम्म घरमा बस्न थालेपछि सरायँ नाच संरक्षण हुँदै आएको छ । सरायँ नाचमा स्थानीय युवाहरुको सहभागिताले लोप हुनेबाट जोगिएको हो । दशैँको पूर्णिमामा स्थानीय युवाहरु सरायँ खेलेर मात्र काममा फर्किन थालेपछि पछिल्ला वर्षहरुमा सरायँ नाचको रौनकता बढेको हो । दशैँमा घरमा आएकाहरु पछिल्ला वर्षहरुमा सरायँ खेलेर मात्र शहर प्रवेश गर्न थालेपछि सराय नाचले रौनकता पाएको हो ।

कालिका मन्दिरमा पुजा गरी सराय निकाल्ने चलन झण्डै एक वर्ष अघिको हो । दशैँ पूर्णिमामा पञ्चवली चढाएर मन्दिरबाट सरायँ निकालिने चलन अनुसार यसपालि सरायँ निकालिएको मन्दिरका पुजारी जंगबहादुर आले बताए ।

मन्दिरलाई तीन पटक परिक्रमा गरि नौमति बाजा सहित एक आपसमा तरवार ठोक्काउदै कटौजेपानीको खेलमैदानमा तरबार नचाउने गरिएको वडा सदस्य लोक बहादुर बुढाथोकी मगरले बताए । तरबार नचाएपछि मन्दिरका पुजारीले तरबार पुजा गरी सरायँ विर्सजन गरेका थिए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पाको मुझुमा सरायँ नाचमा सहभागी भएका थिए । प्रजिअ काफ्लेले सरायमा तरबार नचाउन भने, सेनराजाहरूले नै सराय नाच्ने प्रचलनलाई फिजाएको र यो सराय नाचले छुट्टै साँस्कृतिक पहिचान बनाएको बताए ।

गाउँपालिका उपाध्यक्ष युवराज थापाले आफ्नो क्षेत्रको पहिचान बोकेको सरायँ नाच संरक्षणमा यहाँका युवापुस्ता लागि परेको बताए । सरायँ नाचमा यस क्षेत्रका कला संस्कृतिको प्रदर्शन हुने मेलाको रुपमा सरायँ नाचलाई लिएको थापाले बताए ।

यस पालिकाको सरायँ नाचमा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको टीमले दरबार नचाउँदा भिन्न खालको महत्व बढेको स्थानीयबासिन्दा राम बहादुर कार्कीले बताए ।

कोजाग्रत पुर्णिमाको अवसरमा आयोजित सराय नाच तथा वृहत साँस्कृतिक कार्यक्रमको नृत्य अवलोकन गर्न पाल्पा, गुल्मी, स्यांजा, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची जिल्लाबाट समेत आउने गरेको स्थानीय बासिन्दा अम्बर बहादुर कार्कीले बताए । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले दर्शकलाई नचाउन सफल भएको प्रचार प्रसार संयोजनक अम्वर बहादुर कार्कीले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको