बालबालिकाको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका छौंः मन्त्री सारू

तानसेन। राष्ट्रिय भिटामिन (ए) कार्यक्रम अन्तरगत आजेदखि ६ महिना देखि ५९ महिनासम्मका बालबालिकलाई भिटामिन ए १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्य सुरु भएको छ । भोलिसम्म चल्ने अभियानमा नजिकको महिला स्वास्थ्य स्वयम्सेवीका वा स्वास्थ्य संस्थामामार्फत भिटामिन ए र जुकाको औषधि खुबाउने कार्यतालिका देशभरका लागि सुरु भएको हो ।

यसैबीच पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बालिकालाई भिटामिन ए खुवाएर अभियानको सुभारम्म गरे। सो बखत मन्त्री सारुले बालबालिकाको स्वास्थ्य र शिक्षामा सरकारले लगानी बढाउनुपर्ने बताए।

उनले प्रदेश सरकारले बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी बढाउने गरी काम अघि बढाएको बताउँदै संघ सरकार तथा स्थानीय तहहरुले पनि सो विषयमा ध्यान दिनपर्ने बताए। तीनै तहको समन्वयमा बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि कार्य गर्नुपर्ने बताए। उनले पछिल्ला वर्षहरुमा नसर्ने रोगहरुबाट धेरै मासिन समस्यामा परेको हुँदा दैनिक खानपानसंगै बच्चा उमेरदेखि नै उनीहरुको हेरचाहमा विशेष ध्यान दिन पनि सचेतना र अन्य कार्यका लागि स्थानीय तहहरुले योजना अघिसार्नुपर्ने बताए।

जिल्ला समन्वय समितिका अध्यक्ष टंकनाथ खनालले स्वास्थ्य क्षेत्रमा चालिएका कदमहरु प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

रम्भा गाउापालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नसर्ने रोगको निवारणका लागि पालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उल्लेख गरे ।

पाल्पाका दश स्थानीय तहका गरी १४ हजार ९८६ जना बालबालिकालाई भिटामिन ए तथा १३ हजार २६९ जना बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसका लागि पाँच सय बढी स्थानबाट एकैसाथ अभियान संचालन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer