
तानसेन। पाल्पाको माथागढी गाउँपालिका वडा नं. ४ को झडेवाबाट एक सिजनमा मात्रै झन्डै एक करोडको खुर्सानी निर्यात भएको छ। पालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम बनाएर वडालाई खुर्सानी पकेट क्षेत्रका रुपमा विकास गरेसंगै किसानले एक सिजनबाटै झण्डै एक रोडको खुर्सानी निर्यात गरेका हुन् ।
पालिकाले बीस वटा कृषक समूह बनाएर साडे तीन सय रोपनी क्षेत्रफलमा नेपहाड जातको खुर्सानी लगाउन सहयोग गरेको थियो । पालिकाबाट किसानालाई बीउ,विषादि, प्रविधि र प्राविधिक सहयोग गरेपछि किसानले परम्परागत लगाइदै आएका खेती छाडेर पनि खुसार्नी खेती विस्तार गरेका थिए ।
पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आउँदो वर्षमा खेती विस्तार गर्ने सोचमा रहको किसानले बताएका छन् । किसानले उत्पादन गरेको खुर्सानी बारीदेखि नै कृषक समूह, सहकारी र व्यपारीहरुले बजारीकरण गर्दै आएको पालिकाले जनाएको छ ।
पालिकाका कृषि शाखा प्रमुख गौतम थापाका अनुसार उत्पादित खुसार्ननीले राम्रो मूल्य पाएपछि यो वर्ष मात्रै झण्डै एक करोडको खुर्सानी निर्यात भएको हो । किसानले प्रतिकेजी ४० देखि एकसय २० रुपैंयासम्ममा विक्री गरेका थिए । उत्पादित खुर्सानी जिल्लामा मात्रै खपत नहुने हुँदा बुटवल, चितवनसम्म निर्यात हुने गरेको छ।
मकै खेतीको बिचमा पनि खुर्सानी खेती गरेर दोब्बरबढी आम्दानी लिन सकिने भएपछि आउँदो वर्ष खेती विस्तार गर्ने योजनामा रहेको झडेवाका किसानले बताएका छन् ।