नेवार समुदायको इतिहास खोज्दै तानसेन

तानसेन। नेपालकै तेस्रो नगरपालिकाको रुपमा स्थापना भएको पाल्पाको तानसेन नगरपालिकाले रैथाने जातीका रुपमा रहेको नेवार समुदायको इतिहास र उनीहरुसंगका भाषा, कला, संस्कृति र संस्कार संरक्षणको पहल सुरु गरेको छ । नगरपालिकाले पहिलो चरणमा तानसेनका रैथाने विषयक बृहत् अन्तरक्रिया गरेर तीन जना विज्ञमार्फत कार्यपत्र प्रस्तुती गरी छलफल गरेको हो।

नवार समुदाय लक्षित गरेर सामाजिक व्यक्तिव राजेन्द्र विक, प्राध्यापक अर्चना शाक्य र संस्कृतिका जानकार रामचन्द्र मान सिङले कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको इतिहास र नेवार समुदायसंग जोडिएको विषयमा जानकारी दिएका थिए ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणीकारहरु पुस्करराज रेग्मी, इतिहासकार निर्मल श्रेष्ठ, केयरसिङ राना, विजय सागर श्रेष्ठ , वनमाली निराकारलगायतले तानसेनको इतिहास र सेनवंशदेखि हालसम्मको अवस्थाका बारेमा थप्नुपर्ने विषयको जानकारी गराए।

तानसेन नगपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पहिलो चरणमा नेवार समुदायको इतिहास र उनीहरुसंग जोडिएका विाष्मा छलफल गरिएको बताउँदै आउाँदा दिनमा नेवार समुदायसंगै अन्य जातजाती र सामुदायको कला संस्कृति संरक्षणका पहल नगर सरकारले गर्ने बताए ।

आधुनिक जीवनशैलीले पारेको प्रभावले मौलिक संस्कृति संरक्षणमा चुनौती आएको हुँदा रैथाने जातजाति, उनिहरुको क्रमिक विकास, अहिलेको अवस्था, संरक्षण सर्वधन, विकास, अध्यन अनुसन्धान मुलक खोज गर्न नगरपालिकाले सुरु गरेको तानसेन नगरपालिकाकी  उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer