पाल्पा । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी समालेका प्रजिअ सुवेदीले पाल्पाका पत्रकारसँगको भेटघाटमा शान्ति सुव्यवस्था, सुशासन कायम गर्न आफु लागिपर्ने बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट सम्पादित कार्यहरुलाई अझ प्रभावकारी रुपमा सम्पन्न गर्न लाग्ने प्रजिअ सुवेदीले बताए ।
जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी कार्यालयसँग पनि समन्वय गरी नागरिकका गुनासाहरुलाई व्यवस्थापन गर्ने प्रजिअ सुवेदीले बताए ।





















